Ads 468x60px

Friday, 30 October 2015

साउदीको सरकारले ल्यायो नयाँ कानुन, कामदारलाई खुशीको खबर !!!



साउदी अरबका नयाँ राजा सलमान बिन अब्दुल अजिजको सरकारले बिदेशी कामदारको लागि अहिले सम्मकै सबै भन्दा ठुलो राहत मिल्ने कानुन ल्याएकाछन् | अब देखि यहाँ काम गरिरहेका बिदेशी कामदारले आफ्नो पासपोर्ट आफ्नै साथमा राख्न पाउने भएकाछन् | जुन स्पोन्सर तथा कम्पनीले बिदेशी कामदारको पासपोर्ट राख्दै आएको थियो त्यो अब हुदैन | अझै त्यसो गरेमा सरकारले तिनीहरुलाई जरिवाना लगाउने छ |

साउदी अरबका संचारमाध्यमका अनुसार श्रम मन्त्रालयको यो नयाँ कानुन अनुसार जुन कफिल या कम्पनीले कामदारको पासपोर्ट उनीहरुलाई दिंदैन, उसले २ हजार साउदी रियाल जरिवाना तिर्नु पर्ने छ | साथै सोहि गल्ति दोहोर्याएमा जरिवाना पनि दोब्बर हुनेछ | नयाँ कानुनका अनुसार कामदार र कफिल या कम्पनि बिचमा भएको सम्झौता पत्रको प्रतिलिपि कामदारलाई उपलब्ध नगराउने कफिल या कम्पनीलाई ५ हजार रियाल जरिवाना तोकिएको छ | सम्झौता पत्रमा उल्लेख भए बाहेकको काम लगाउने कफिल या कम्पनीलाई नयाँ कानुनले १५ हजार रियाल जरिवानाको व्यवस्था गरेको छ | धेरै गर्मि तथा खराब मौसममा पनि बिना सुरक्षा व्यवस्था काम गर्न, गराउन बाध्य पर्ने कफिल तथा कम्पनीलाई २५ हजार रियाल जरिवाना नयाँ कानुनमा उल्लेखित छ | यसका साथै कम्पनि तथा कफिल आफैले व्यहोर्नु पर्ने खर्च कामदारबाट असुल गरेको पाइएमा त्यस्ता कफिल तथा कम्पनीलाई जरिवानाको रकम १५ हजार तोकिएको छ |



नयाँ कानुनमा तलब दिन ढिलो गर्ने, अतिरिक्त समयमा काम गर्न बाध्य पार्ने, अतिरिक्त समयमा गरेको कामको तलब नदिने साथै हप्ते बिदा र सरकारी बिदामा पनि काम गर्न बाध्य पार्ने कफिल तथा कम्पनीलाई पनि जरिवानाको व्यवस्था गरिएको छ | नयाँ कानुनमा आफ्नो संगठन तथा कम्पनीमा कम्तिमा १२ प्रतिशत स्थानीय साउदी नागरिकलाई तालिम नदिने कफिल तथा कम्पनीलाई पनि जरिवानाको दायरामा ल्याइने भएको छ | यदि कुनै अफिल तथा कम्पनीले साउदी नागरिकलाई काममा भर्ति गरेको झुठो विवरण दिन्छ भने त्यस्ता कफिल तथा कम्पनीलाई २५ हजार साउदी रियाल जरिवाना गरिने छ | यसको साथै कुनै कम्पनीले साउदी नागरिकको लागि आरक्षित कोटामा बिदेशी कामदारलाई भर्ति गर्छ भने त्यस्तो कम्पनीलाई पाँच दिनको लागि बन्द गरिने छ |

श्रम मन्त्रालयले सबैभन्दा बढी जरिवाना भिषा बेच्नेहरुलाई तोकेको छ | मन्त्रालयले प्रष्ट भनेको छ, बाहिरि व्यक्तिहरुलाई भिषा बेच्नेलाई ५० हजार रियाल जरिवाना तिराइने छ | बिना अनुमतिपत्र बिदेशी कामदार राख्नेले पनि ४५ हजार जरिवानाको भागीदार हुनुपर्ने छ | महिलाहरुलाई तोकिएको काममा पुरुषलाई काममा लगाई राखिएको पाइएमा प्रतिव्यक्ति १० हजार रियाल जरिवाना तोकिएको छ | यतिमात्र होइन कम्पनीलाई एकदिनको लागि बन्द समेत गरिने छ | पुरुषहरुलाइ महिलाले गर्ने काम गर्न दबाब दिइएको पाइएमा तथा बन्देज गरिएको समयमा काम गर्न बाध्य पारिएमा ५ हजारदेखि १० हजारसम्म जरिवानाको व्यवस्था गरिएको छ | मन्त्रालयले प्रष्ट उल्लेख गरेको छ कि अनुमतिपत्र नभई कामदार भर्ना गर्ने र काम शुरु गर्ने अथवा मन्त्रालयमा आफ्नो सेवाको विवरण नियमित दर्ता नगर्नेलाई १० हजार रियाल जरिवाना हुनेछ | कम्पनीको तर्फबाट झुटो विवरण पेश गर्नेलाई १० हजार तथा सरकारी अधिकारीहरुको अनुसन्धानमा बाधा पुर्याउनेलाई २५ हजार रियाल जरिवाना हुनेछ |

साथै कानुनमा उल्लेख छ, गल्ति दोहोर्याउनेलाइ दोब्बर जरिवानाको भागीदार बनाइने छ | साथै सबै जरिवानाको रकम एक महिना भित्र भुक्तान गरिसक्नु पर्ने छ | समयमा जरिवाना भुक्तान नगर्नेलाई कानुनको ठाडो उल्लङ्घन मानिनेछ साथै कफिल तथा कम्पनीलाई कडाभन्दा कडा कारबाही गरिने छ | कफिल तथा कम्पनीहरुले कुनै पनि प्रकारको कारबाही तथा जरिवानाको बिरुद्ध ६० दिनभित्र उजुरी गर्न सक्नेछन !!



Thursday, 29 October 2015

के तपाइँ भुँडी बढेर हैरान हुनुहुन्छ ?? घटाउने उपायहरु जानी राखौ !!




भुँडी बढेर बाहिर निस्कन थालेपछि शारीरिक सुन्दरताको पतन शुरु हुन्छ | जसले धेरै समस्याहरु निम्त्याउछ | हामी खानपानमा धेरै लापरबाही गर्छौ त्यसैले भुँडी बढ्दै जान्छ | संसारमा १० जना व्यक्तिभित्र ३ जना व्यक्तिहरु मोटोपनको शिकार भएको एक अनुसन्धानले देखाएको छ | मान्छे अलिक मोटाउदा राम्रो र हृष्ट पुष्ट देखिने हुनाले त्यस्तो व्यक्ति मक्ख पर्छ | अरुले पनि खाएको कति मज्जाले जिउमा लागेको भनेर उसलाई हौसला बढाई दिन्छन | तर मोटोपन गम्भीर शारीरिक समस्या हो भन्ने कुरा उसले पछी मात्र थाहा पाउछ |

ब्रिटिश मेडिकल एशोसिएसनको रिपोर्ट अनुसार अत्याधुनिक जिबनशैली र तनावले अचेल अनेक मनो-शारीरिक रोग फैलीरहेका छन |  त्यसमध्ये मोटोपनको रोग खतरनाक बिकृति हो | हाम्रो जस्तो विकासोन्मुख देशमा जति मानिस यो रोगबाट पिडित छन्, त्यसको तिन गुना बढी बिकसित देशमा छन् | अमेरिका, क्यानाड, जर्मन, अस्ट्रेलिया लगाएतका मुलुकमा वयस्कमा यो समस्या बिकराल बनिसकेको छ | ती मुलुकमा बालबालिका समेत यो समस्याबाट पिडित छन् | बिकसित मुलुकमा यो समस्या बिशेषत: फास्टफुड, जंकफुड, डब्बाबन्द र प्रसोधित खानपान तथा सुखसयलपूर्ण जिबनशैलीका कारण बढेको हो |

नेपाली समाजमा पनि यी कारण लागु हुन्छन | खानपान लापारबाही र अतिमांसाहारी प्रवृतिले पनि मोटोपनको समस्या बढ्दै गएको छ | भोज भतेर, चाडपर्ब, उत्सबमा घाँटीसम्म आउने गरि खाने चलनले पनि भुँडी लागेको पाइन्छ | मोटो शरीरको मुख्यकारण अतिभोजन हो | एक आहार बिशेषज्ञले भनेका छन् - 'तपाइँ जति खाना खादै हुनुहुन्छ, त्यसको ३०/३५ प्रतिशतले तपाइको जिबन चलाएको हुन्छ, बाँकि ६५/७० प्रतिशतले अरुको डाक्टरी पेशा र अस्पतालको ब्यापार चलाएको हुन्छ' |

अतिभोजन तथा चाहिने भन्दा धेरै खाने बानीले मोटोपन मात्र होइन, सबै रोगको जड बन्न सक्छ | आयुर्बेदका अनुसार अतिभोजन भन्नाले शरीरले धान्न र पचाउन सक्ने भन्दा धेरै मात्रामा खानु हो, जसले गर्दा खाना पचाउने शारिरिक अग्नि मन्द हुन जान्छ | पेटको अग्नि क्षीण भएको बेला नरम मेवाको टुक्रा पनि अपाच्य हुन्छ | यसको कारण पेट लगायत शरीरका अन्य स्थानमा बिकार थुप्रिन थाल्छ | त्यहि विकारको मात्रा बढेपछी शरीरको आकार र वजन बढ्न थाल्छ |

बास्तबमा मोटोपन भनेको मासु र बोसो बढेकाले जिउको वजन बढेको भन्ठान्नु एक किसिमको भ्रम हो | तपाइको शरीर यदि मोटो छ भने मक्ख नपर्नुहोस, तपाइँ केवल बिकार, विष र फोहोर मैला बोकेर हिड्दै हुनुहुन्छ | अति भोजनबाट बच्न निम्न उपायहरु अबलम्बन गर्नुहोस:
  • भोकभन्दा दुइ चार गाँस कम खाने !
  • हतार गरेर कहिल्यै नखाने !
  • खानाको शुरुमा अलिकति प्राकृतिक गुलियो वस्तु जस्तै: मह, खजुर, सख्खर, किसमिस खाने !
  • अरुको करकाप भन्दा आफ्नो क्षमता र रुचिलाई ध्यानमा राखेर खाने !
  • उभिएर होइन, बसेर मात्रै खाने !
  • खानेकुरा मज्जाले चपाएर खाँदा राम्रो हुन्छ !
सुपाच्य खानाले शरीरको वजन सन्तुलित राख्छ | पेटको सूचना खान खादै जाँदा पेट भरिएपछी संकेतको रुपमा पहिलो डकार वा ढ्याउ आउछ | पहिलो डकार आएपछि क्रमश: खान घटाउदै जानु राम्रो हुन्छ | दोश्रो ढ्याउ पेटको तिन चौथाई भाग भरिन लागेको सूचना हो | दोस्रो डकारसम्ममा पेट लगभग अघाईसकेको हुन्छ र शरीरलाई चाहिने आवश्यक मात्राको खाना पुगिसकेको हुन्छ | यदि तपाइँ दोश्रो दकारलाइ बेवास्था गरि अझै खादै हुनुहुन्छ भने अब तपाइँ आहार होइन रोगब्याधि खादै हुनुहुन्छ | तपाईलाई मोटो रोगि र भद्दा हुनबाट कसैले रोक्न सक्दैन | तपाइले आफुले आफैलाई कियर गर्नु पर्ने हुन्छ | त्यसको लागि सन्तुलित खानाका साथै शारीरिक ब्यायाम पनि अति आवश्यक हुन्छ | 


प्रथम महिला राष्ट्रपति बिद्या भण्डारी अनि उनको नालीबेली !



नेपालको लोकतान्त्रिक र बामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री बिद्या भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनु भएको छ | नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद रही संबिधान सभाबाट संबिधान लेखनमा महत्वपुर्ण भूमिका निर्बाह गर्नु भएका भण्डारी राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएको हो | उहा गणतन्त्र नेपालको दोश्रो तथा नयाँ संबिधान जारि पछिको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ | नवनिर्बाचित राष्ट्रपति भण्डारी नेपालको नीतिनिर्माण तहमा समेत उल्लेखनीय योगदान गर्नु भएका नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्छ |

नेत्री भण्डारीको २०१८ साल असार 5 गते भोजपुर जिल्लाको मानेभन्ज्यांगमा बुबा राम बहादुर पाण्डे र आमा  मिथिला पाण्डेकी सुपुत्रीको रुपमा जन्मिनु भएको थियो | बाल्यकालमा बेहेरेश्वर प्राथमिक बिद्यालय, भोजपुरबाट अध्ययन शुरु गर्नु भएका नेत्री भण्डारीले माध्यमिक शिक्षा बिध्योदय ब्यबसायिक सेकेण्डरी स्कुलबाट हासिल गर्नु भएको थियो | उहाले भोजपुर क्याम्पस भोजपुरमा आइए र महेन्द्र मोरंग कलेज बिराटनगरमा बिए अध्ययन गर्नु भएको थियो | भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा माले सम्बद्ध युवा लिगमा संगठित हुनु भै उहाले २०३७ सालमा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिनु भयो |

उहाँले बि. स. २०३७ मा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गर्नु भएको थियो  भने २०३६ देखि २०४६ सालसम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पुर्बांचलको सदस्य भै काम गर्नु भएको थियो | उहाँ २०३९ देखि २०४० सालसम्म महेन्द्र मोरंग क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्बाचित हुनुभयो | २०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरंगको तर्फबाट उहाँ प्रतिनिधि हुनुभयो | त्यस्तै, उहाँ २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफष्ट) को महिला बिभाग प्रमुख रहनु भयो |

बि.स. २०५४ मा नेपालगन्जमा भएको नेकपा (एमाले) को छैठौ महाधिबेशनमा केन्द्रीय कमिटि सदस्यमा उअहन निर्बाचित हुनु भयो | २०५४ मै अखिल नेपाल महिला संघको अध्यक्षमा निर्बाचित भएर नेपाली महिला आन्दोलनको अगुवाई गर्नु भएका उहाँ पछी दुइ वटा सम्मेलनबाट सोहि संघको अध्यक्षमा निर्बाचित हुनु भयो | त्यसै गरि, उहाँ २०४९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौ महाधिबेसनमा केन्द्रीय कमिटि सदस्यमा निर्बाचित हुनु भयो | त्यस्तै २०६४ सालमा बुतुवालमा भएको एमालेको आठौ महाधिबेशनबाट उपाध्यक्षमा निर्बाचित हुनुभयो भने २०७१ सालमा काठमाडौँमा भएको नेकपा एमालेको नवौ महाधिबेशनबाट पनि पुन: उपाध्यक्षमा निर्बाचित हुनु भयो | नवनिर्बाचित राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका सस्थापक जननेता मदन भण्डारीसंग पार्टीकै आयोजनामा २०३९ सालमा बिबाह सम्पन्न भएको थियो | उहाँका दुइ छोरी उषाकिरण र निशाकुशुम भण्डारी छन् | नेत्री भण्डारी २०५० माघमा सम्पन्न भएको उप निर्बाचनमा काठमाडौँ-१, बाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतका साथ बिजयी हुनु भएको थियो | बि. स. २०५१ मा सम्पन्न मध्यावधि निर्बाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधि सभा निर्बाचनमा काठमाडौँ - २ बाट निर्बाचित भएर उहाँले निति निर्माणमा सक्रिय भूमिका खेल्नु भएको थियो | पन: स्थापित प्रतिनिधि सभामा राज्यका हरेक अंगमा न्युनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने संकल्प प्रस्तावका प्रस्ताबक समेत उहाँ हुनुहुन्थ्यो |

एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल नेतृत्वको सरकार हुँदा उहाँले २०६७ देखि २०६९ साल सम्म रक्षा मन्त्रालय जस्तो चुनौती पूर्ण जिम्मेवारी बहन गर्नु भएको थियो |

राजनीतिक यात्राका क्रममा उहाँले भारत, चीन्, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गरिसक्नु भएको छ | "नेपालको संबिधान एबम बिधि निर्माणमा महत्व पूर्ण भुमिका खेल्नु भएका नेत्री भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्नु भएको छ, राष्ट्राध्यक्ष जस्तो गरिमामय पदका लागि एकदमै उपयुक्त उम्मेदवार छनौट भएको पार्टीको बिश्वास छ" - एमाले सचिब प्रदिप कुमार ज्ञवालीले भन्नु भयो | एमालेले यहि कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले भण्डारीलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने सर्ब सम्मत निर्णय गरेको थियो | उहाँलाई उम्मेदवार बनाउने प्रस्ताब प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राख्नु भएको थियो भने बरिष्ठ नेताहरु झलनाथ खनाल र माधब कुमार नेपालले समर्थन जनाउनु भएको थियो |


बिदेशिएका नेपालीहरुको पिडा समेटिएको चलचित्र परदेशी !





नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र परदेशी धरानको गणेश टाकिजमा भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ | इन्डियन आइडल प्रशान्त तामांगद्वारा अभिनित सुपरहिट फ्लिम गोर्खा [पल्टन पछी सोहि टीमले यो चलचित्र पनि निर्माण गरेको हो | कार्तिक तिन गतेबाट देशका विभिन्न ठाउहरुमा प्रदर्शन भैरहेको परदेशी करिब ८० लाख रुपैयाको लगानीमा निर्माण भएको हो | आजसम्म यो चलचित्रले २ करोडको हाराहारीमा ब्यापार गरिसकेको परदेशी चलचित्रका टीमले जानकारी गराएका छन् | हालसम्ममा नेपालका 65 वटा हलहरुमा यो चलचित्र प्रदर्शन निर्माता राजेश वंशलले बताए |

निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल र अभिनेता प्रशान्त तामांग तिनैजनाको संलग्नतामा  परदेशी चलचित्र निर्माण भएको हो | धरानमा पत्रकार भेटघाटमा गायक एबम नायक प्रशान्त तामांग, निर्माता राजेश वंशल लगायतको टीमले सो चलचित्रको बारेमा जानकारी गराए | चलचित्रका निर्माता वंशलले भने- नेपाली समाजको वास्तविक कथालाई चलचित्रमा उतार्ने प्रयास गरेका छौ | हरेक नेपाली घरबाट रोजगारका लागि विदेश जानु पर्ने पिडा फ्लिममा पोखिएको छ | रोजगारको लागि खाडीमा गएका कामदारको जिबंबत प्रभावित छ यो चलचित्र |

उनका अनुसार प्रशान्त तामांग बाहेक रजनी केसी, केशब भट्टराई, सुशील पोख्रेल, रामचन्द्र कोइराला, हिउवाला गौतम, नरेन खड्का, जयश अग्रवाल र स्वीकृति जिसी लगायतले फिल्ममा अभिनय गरेका छन् | फिल्मको ४५ दिने सुटिंग कतार र नेपालको पाल्पा तथा रामपुरमा भएको थियो | निर्माता वंशलका अनुसार 'तिन बर्ष लगाएर फिल्म तयार गरिएको छ | मौलिक कथामा निर्माण भएको नेपाली फिल्मको संख्या न्युन छ | फिल्म बनाउदा भाषा, सस्कृति र समाजको यथार्थलाई प्रस्तुत गर्नु पर्छ, यहि कारण यो फिल्म हेर्नु पर्ने सुचिमा परेको हो' | गायक एबम नायक तामांगले भने - विदेशिनुको पिडा र रोजगारको क्रममा पाएको मानसिक र शारीरिक यातना माथि फिल्म तयार भएकोले दर्शकहरुले मन पराउनेमा म ढुक्क छु |

बीबी अनुरागी र नारायण रायमाझीको संगीत रहेको फिल्ममा उषा मगर, प्रशान्त तामांग र मिलन आमात्य लगाएतले स्वर दिएका छन् | मुभिज डटकमको ब्यानरमा तयार फिल्मलाई निर्देशक रायमाझी र रमेश डीजीले लेखेका हुन् |

Monday, 26 October 2015

बिध्या भण्डारी राष्ट्रपति हुने पक्का जस्तै !!


को हुन् बिद्या भण्डारी ???


नेकपा एमालेले पार्टी उपाध्यक्ष बिध्या भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ |
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटिको बैठकले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो |

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भण्डारीलाई राष्ट्रपतिको उम्मेदवार बनाउने गरेको प्रस्ताबलाइ बैठकले सदर गरेको हो |

एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनाइएकी बिध्या भण्डारी नेकपा एमालेका तत्कालिन महासचिब स्वर्गीय मदन भण्डारीकि पत्नी हुन् |

कमरेड मदन भण्डारीको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा परि मृत्यु भएको थियो | बिद्यार्थी जीवन कालमा राजनीतिमा सक्रिय रहेकी भण्डारी केहि समय राजनीतिमा निष्क्रिय रहे पनि पति मदन भण्डारीको मृत्युपछि सक्रिय राजनीतिमा पुनरागमन गरेकी हुन् |

प्रतिनिधिसभाको उप-निर्बाचनमा तत्कालिन कांग्रेस सभापति कृष्ण प्रसाद भट्टराइलाइ काठमाडौँ क्षेत्र नम्बर-१ मा पराजित गरेर चर्चाको शिखरमा पुगेकी भण्डारी बिगतमा जनसंख्या तथा बाताबरण र रक्षामन्त्रि रहीसकेकी छन् | उनि अहिले एमालेको दोश्रो कार्यकालको उपाध्यक्ष हुन् |

व्यबस्थापिका संसदमा सत्तारुढ गठबन्धनको बहुमत भएकाले बिध्या भण्डारी पहिलो महिला राष्ट्रपति बन्ने लगभग पक्का जस्तै भएको छ | स्रोत - इमेज खबर |