नेपालको लोकतान्त्रिक र बामपन्थी आन्दोलनका सशक्त तथा अग्रणी महिला नेत्री बिद्या भण्डारी गणतन्त्र नेपालको प्रथम महिला राष्ट्रपति बन्न सफल हुनु भएको छ | नेकपा (एमाले) का उपाध्यक्ष तथा सभासद रही संबिधान सभाबाट संबिधान लेखनमा महत्वपुर्ण भूमिका निर्बाह गर्नु भएका भण्डारी राष्ट्राध्यक्ष जस्तो गरिमामय पदमा निर्बाचित हुनु भएको हो | उहा गणतन्त्र नेपालको दोश्रो तथा नयाँ संबिधान जारि पछिको पहिलो महिला राष्ट्रपति हुनुहुन्छ | नवनिर्बाचित राष्ट्रपति भण्डारी नेपालको नीतिनिर्माण तहमा समेत उल्लेखनीय योगदान गर्नु भएका नेपाली राजनीतिमा स्थापित व्यक्तित्व हुनुहुन्छ |
नेत्री भण्डारीको २०१८ साल असार 5 गते भोजपुर जिल्लाको मानेभन्ज्यांगमा बुबा राम बहादुर पाण्डे र आमा मिथिला पाण्डेकी सुपुत्रीको रुपमा जन्मिनु भएको थियो | बाल्यकालमा बेहेरेश्वर प्राथमिक बिद्यालय, भोजपुरबाट अध्ययन शुरु गर्नु भएका नेत्री भण्डारीले माध्यमिक शिक्षा बिध्योदय ब्यबसायिक सेकेण्डरी स्कुलबाट हासिल गर्नु भएको थियो | उहाले भोजपुर क्याम्पस भोजपुरमा आइए र महेन्द्र मोरंग कलेज बिराटनगरमा बिए अध्ययन गर्नु भएको थियो | भोजपुर क्याम्पसमा पढ्दा २०३५ सालमा तत्कालिन नेकपा माले सम्बद्ध युवा लिगमा संगठित हुनु भै उहाले २०३७ सालमा काठमाडौँमा भएको अखिल नेपाल राष्ट्रय स्वतन्त्र बिद्यार्थी युनियनको पाँचौ राष्ट्रिय सम्मेलनमा भोजपुर जिल्लाबाट प्रतिनिधि छानिनु भयो |
उहाँले बि. स. २०३७ मा तत्कालिन नेकपा मालेको सदस्यता प्राप्त गर्नु भएको थियो भने २०३६ देखि २०४६ सालसम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन, पुर्बांचलको सदस्य भै काम गर्नु भएको थियो | उहाँ २०३९ देखि २०४० सालसम्म महेन्द्र मोरंग क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्बाचित हुनुभयो | २०४६ सालमा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरंगको तर्फबाट उहाँ प्रतिनिधि हुनुभयो | त्यस्तै, उहाँ २०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ (जिफष्ट) को महिला बिभाग प्रमुख रहनु भयो |
बि.स. २०५४ मा नेपालगन्जमा भएको नेकपा (एमाले) को छैठौ महाधिबेशनमा केन्द्रीय कमिटि सदस्यमा उअहन निर्बाचित हुनु भयो | २०५४ मै अखिल नेपाल महिला संघको अध्यक्षमा निर्बाचित भएर नेपाली महिला आन्दोलनको अगुवाई गर्नु भएका उहाँ पछी दुइ वटा सम्मेलनबाट सोहि संघको अध्यक्षमा निर्बाचित हुनु भयो | त्यसै गरि, उहाँ २०४९ सालमा जनकपुरमा भएको नेकपा (एमाले) को सातौ महाधिबेसनमा केन्द्रीय कमिटि सदस्यमा निर्बाचित हुनु भयो | त्यस्तै २०६४ सालमा बुतुवालमा भएको एमालेको आठौ महाधिबेशनबाट उपाध्यक्षमा निर्बाचित हुनुभयो भने २०७१ सालमा काठमाडौँमा भएको नेकपा एमालेको नवौ महाधिबेशनबाट पनि पुन: उपाध्यक्षमा निर्बाचित हुनु भयो | नवनिर्बाचित राष्ट्रपति भण्डारीको नेपाल कम्युनिष्ट पार्टीका सस्थापक जननेता मदन भण्डारीसंग पार्टीकै आयोजनामा २०३९ सालमा बिबाह सम्पन्न भएको थियो | उहाँका दुइ छोरी उषाकिरण र निशाकुशुम भण्डारी छन् | नेत्री भण्डारी २०५० माघमा सम्पन्न भएको उप निर्बाचनमा काठमाडौँ-१, बाट प्रतिनिधि सभा सदस्यमा अत्यधिक मतका साथ बिजयी हुनु भएको थियो | बि. स. २०५१ मा सम्पन्न मध्यावधि निर्बाचन तथा २०५६ सालमा सम्पन्न तेस्रो प्रतिनिधि सभा निर्बाचनमा काठमाडौँ - २ बाट निर्बाचित भएर उहाँले निति निर्माणमा सक्रिय भूमिका खेल्नु भएको थियो | पन: स्थापित प्रतिनिधि सभामा राज्यका हरेक अंगमा न्युनतम एक तिहाइ महिला सहभागिता सुनिश्चित हुनुपर्छ भन्ने संकल्प प्रस्तावका प्रस्ताबक समेत उहाँ हुनुहुन्थ्यो |
एमाले नेता तथा पूर्वप्रधानमन्त्री माधब कुमार नेपाल नेतृत्वको सरकार हुँदा उहाँले २०६७ देखि २०६९ साल सम्म रक्षा मन्त्रालय जस्तो चुनौती पूर्ण जिम्मेवारी बहन गर्नु भएको थियो |
राजनीतिक यात्राका क्रममा उहाँले भारत, चीन्, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा र इटालीको भ्रमण गरिसक्नु भएको छ | "नेपालको संबिधान एबम बिधि निर्माणमा महत्व पूर्ण भुमिका खेल्नु भएका नेत्री भण्डारी नेपालको पहिलो महिला राष्ट्रपति बन्नु भएको छ, राष्ट्राध्यक्ष जस्तो गरिमामय पदका लागि एकदमै उपयुक्त उम्मेदवार छनौट भएको पार्टीको बिश्वास छ" - एमाले सचिब प्रदिप कुमार ज्ञवालीले भन्नु भयो | एमालेले यहि कार्तिक ९ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटि बैठकले भण्डारीलाई राष्ट्रपतिमा उम्मेदवार बनाउने सर्ब सम्मत निर्णय गरेको थियो | उहाँलाई उम्मेदवार बनाउने प्रस्ताब प्रधानमन्त्रि तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले राख्नु भएको थियो भने बरिष्ठ नेताहरु झलनाथ खनाल र माधब कुमार नेपालले समर्थन जनाउनु भएको थियो |

0 comments:
Post a Comment