सुख र दुख आउछ जान्छ, त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखि भैराख्दैन | यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, - यदि कुनै मानिसको जिबनमा यी छ कुराहरु प्राप्त छन् भने उ कहिल्यै पनि दुखि हुँदैन | यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ | यदि कुनै पनि मानिससंग धन, निरोगी शरीर, सुन्दर पत्नी, मिठो बोलीबचनको पत्नी, आज्ञाकारी पुत्र र धन प्राप्त गर्ने बिद्या यी छ कुराहरु छन् भने उ एकदमै भाग्यमानी मानिस कहलिन्छ | यी छ कुराहरुलाई बिस्तृत रुपमा हेरौ:
१. धन: सुखी जीवनको लागि धन सम्पति हुनु आवश्यक छ | बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ | साथै परिवारको पालन पोषण गर्नको पनि धन सम्पतिकै जरुरत पर्छ | आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरि छ | धन बिना कुनै रोगको उपचार सम्भब छैन | बृद्ध अवस्थामा पनि धनको ठुलो साहारा चाहिन्छ | यसर्थ, मानसम्मान, शिक्षादिक्षा, परिवारको पालन पोषण र रोग लाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ |
२. निरोगी शरीर: जीवनमा सदैब सुखी रहनको लागि शरीर स्वास्थ्य हुन जरुरि छ | यदि शरीरमा कुनै रोग छ भने तपाइँ राम्रोसंग कुनै पनि काम गर्न सक्नु हुन्न | यस्तो अवस्थामा तपाइँ जीवनका हरेक कुराहरुबाट बन्चित हुनुहुन्छ | यदि तपाईमा साना साना रोगहरु छन् भने पनि तपाइँ कुनै काम राम्ररी गर्न सक्नु हुन्न | श्रम नगरी खान पाइदैन | त्यसैले, श्रम गर्नको लागि स्वास्थ्य शरीर हुन अति आवश्यक छ | स्वास्थ्य शरीर नै एक प्रकारको सुखी जीवन हो |
३. सुन्दर पत्नी: महाभारतमा महात्मा विदुरले भनेका छन् - सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो | कारण घरमा सुन्दर पत्नी हुनाले तपाइको ध्यान बाहिर भड्किदैन | घरमा श्रीमतीसंग हुने ब्यबहार्बत तनाब मुक्त भएपछी तपाइको बाहिरियासंग सम्बन्ध रहदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ | समयमा घरमा आइन्छ | आपसी छलफल र सदब्यबहारबाट नै घर परिवार संचालन हुन सक्छ |
४. मीठो बोल्ने पत्नी: सुन्दर अनि त्यसपछि पनि मिठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो | यो अर्को सुख हो, जसले नम्रतापुर्बक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन | यदि नमिठो बोल्ने श्रीमती घरमा छिन भने दिनहुँ घरमा बिबाद भैरहन्छ र घरको बाताबरण आशान्त हुन्छ | यस प्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउछ न इष्टमित्र आउछन न छरछिमेक संग नै राम्रो सम्बन्ध हुन्छ |
५. आज्ञाकारी पुत्र: वर्तमान समयमा सबै भन्दा ठुलो समस्या सन्तान हो | सन्तान यदि गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ | सन्तान विद्वान हुनु भनेको परिवारको सबै भन्दा ठुलो सुख हो | त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु-आमाले आफ्नो भए भरको सम्पति लगाएर विदेश पढ्न पथाउछां | कारण बुढेसकालमा सन्तान एकदमै जरुरि हुन्छ | छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो नै सबै भन्दा दुखको कारण बन्दछ, परिवारलाई | तसर्थ, जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ | जसको सन्तान मुर्ख छ, कुलतमा लागेको छ भने उ दुखि | त्यसैले महात्मा बिदुर भन्छन - सज्जन सन्तान हुने जो कोहिले पनि दुख कहिल्यै भोग्नु पर्दैन |
६. धन पैदा गर्ने बिद्या: पैसा त आउछ जान्छ यो एक नियम नै हो | कयौं पटक यस्तो पनि देखिएको छ कि कोहि व्यक्ति कुनै दिन धनवान हुन्छ त केहि दिनमै पैसाको लागि तड्पी रहेको हुन्छ | कोहि मानिस आफ्नो भएको पैत्रिक सम्पति अनियन्त्रित रुपले खर्च गर्छन | यस्तो स्थितिबाट बच्नको लागि तपाइसंग यस्तो ग्यान हुनु पर्यो कि जसले भएको धन नष्ट पनि नहोस र काम पनि बनोस | यदि तपाइसंग पैसा छैन तर कला छ भने तपाइँ त्यसप्रकारका कामहरु गर्न सक्नु हुन्छ, जसबाट तपाइँ सम्मानपुर्बक जीवन यापन गर्न सक्नु हुन्छ | श्रोत: रेडियोअडियो !

0 comments:
Post a Comment