Ads 468x60px

बिशेष सामग्री

"मलाई नेपाली हुनुमा गर्ब लाग्छ" !

Saturday, 19 December 2015

कस्तो सपनाले तपाइलाई कस्तो प्रकारको फल दिन्छ या घत हुन्छ जानी राखौ !!


सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ | संसारका हरेक ब्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन | हिन्दु मान्याता अनुसार हरेक सपनाको एक बिशेष फल अवश्य प्राप्त हुन्छ | सपनाले भविष्यमा हुने राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ | तर हामी ति संकेतलाई बुझ्न सक्दैनौ | प्राचिन धर्मग्रन्थ बाल्मिकी, रामायण, अग्निपुरान आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको बर्णन भेटिन्छ |


सपनाको संसार ज्यादै नै रोचक हुन्छ | पहिला पहिला यो सपना पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोली मनोविज्ञान, चिकित्साबिज्ञान आदिको अनुसन्धानको बिषय बनिसकेको छ |  यस्तै, कोहि सपना र यसबाट अनुमान लगाउन सकिने फलको बारेमा यहाँ जानकारी दिईएको छ |

कुन सपना देख्दा कस्तो फल मिल्छ ??

  • आँखामा गाजल लगाउनु - शारीरिक कष्ट 
  • आफ्नै हात काटेको देख्नु - कुनै नजिकको प्रियजन वा आफन्तको मृत्यु 
  • उजाड बगैचा देख्नु - दु:ख पाउनु 
  • मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउनु 
  • दुब्लो भैसी देख्नु - अन्न महँगो हुनु 
  • बाख्रा देख्नु - शत्रुको डर 
  • राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु 
  • पहाड हल्लिएको देख्नु - बिरामी हुने सम्भावना 
  • पुरी खाएको देख्नु - खुशीको समाचार आउनु 
  • तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु 
  • बेडमा सुतेको देख्नु - गौरब तथा प्रतिष्ठा पाउनु 
  • थुक देख्नु - समस्यामा पर्नु 
  • हरुयालीपूर्ण जंगल देख्नु - खुशियाली आउनु 
  • आफुलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु 
  • ठुल्ठुला पहाडहरुबाट हामफाल्नु - आफ्नो उचाई बढ्नु 
  • सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासंग झगडा हुनु 
  • स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु 
  • झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु 
  • दन्दनी बलेको आगो देख्नु - झगडा हुनु 
  • लडाइमा मरेको देख्नु - राजनीतिमा सफल हुनु 
  • चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु 
  • चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु 
  • आफ्नै दात भाँचिएको देख्नु - समस्या बढ्दै जानु 
  • धोका खुल्ला देख्नु - कुनै व्यक्तिसंग मित्रता हुनु 
  • बन्द ढोका देख्नु - धन नाश हुनु 
  • धुँवा देख्नु - व्यापारमा हानि हुनु 
  • भूकम्प आएको देख्नु - सन्तानलाई दु:ख कष्ट हुनु 
  • चश्मा लगाएको देख्नु - ज्ञान बढ्नु 
  • बत्ति बालेको देख्नु - नया अवसर प्राप्त हुनु 
  • मासु देख्नु - आकस्मिक धन लाभ हुनु 
  • रगत देख्नु - कसैले डाहा गरेको साबित हुनु 
  • पुजापाठ गरेको देख्नु - समस्याको अन्त्य हुनु 
  • फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग 
  • सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु 
  • बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा हुनु 
  • सेतो बिरालो देख्नु - धन नाश हुनु 
  • समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिको योग 
  • गोबर देख्नु - पशु व्यापारमा लाभ हुनु 
  • उजाड जंगल देख्नु - समस्या बढ्नु 
  • मरेको मानिस देख्नु - रोगबाट मुक्त हुनु 
  • गरगहना देख्नु - कार्यपूर्ण हुनु 
  • जुवा खेलेको देख्नु - व्यापारमा लाभ हुनु 
  • पैसा अरुसंग लिएको देख्नु - ग्रह दशा चल्नु 
  • पैसा उधारोमा दिनु - अत्याधिक धन प्राप्त हुनु 
  • चील देख्नु - शत्रुबाट नोक्सान हुनु 
  • चाँदी देख्नु - धन प्राप्त हुनु 
  • कैची देख्नु - घरमा झैँ झगडा हुनु 
  • खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु 
  • काग देख्नु - कसैको मृत्युको समाचार आउनु 
  • कुकुर देख्नु - पुरानो साथीसंग भेट हुनु 
  • नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु 
  • सेतो फूल देख्नु - कुनै समस्याबाट छुटकारा मिल्नु 
  • रातो फूल देख्नु - भाग्य चम्कनु 
  • घोडा देख्नु - संकट हट्नु 
  • मोती देख्नु - छोरी पाउने योग 
  • गाडेको धन देख्नु - अचानक धन लाभ हुनु 
  • झरना देख्नु - दु:खको अन्त्य हुनु 
  • छेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु 
  • कुवामा पानी देख्नु - धनलाभ हुनु 
  • सुन्दर स्त्री देख्नु - प्रेममा सफलता मिल्नु 
  • खुकुरी देख्नु - संकटबाट मुक्ति मिल्नु 
  • चन्दन देख्नु - शुभ समाचार आउनु 
  • नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु 
  • नुन देख्नु - स्वास्थ्यमा लाभ हुनु 
  • सुकेको घास देख्नु - जीवनमा समस्या आउनु 
  • रुद्राक्ष देख्नु - शुभ समाचार आउनु 
  • स्वर्ग देख्नु - भौतिक सुखमा बृद्दी हुनु 
  • सुर्य देख्नु - बिशेष व्यक्तिसंग भेट हुने योग 
  • तिर्खा लाग्नु - लोभ बढ्नु 

हुन त सपनाको कुरामा बिस्वास गरेर फल मिल्छ भन्नु सोह्रै आना गल्ति हुनेछ | कर्म गर्नुहोस अनि दाम, नाम पाउनुहोस् | यो एउटा सम्भावानात्मक कुरा मात्र हो | तपाइको सपना शयमा एक मिल्न सक्छ त्यसैको भर नपर्नुहोस |

Saturday, 5 December 2015

पुरुषहरु भन्दा महिलाहरु बढी रुने गर्छन किन ??

तपाइँ हामी मध्ये जो कोहि पनि कुनै न कुनै बेला रोएका हुन्छौ | 'आँशु नाचुहाउने मानिस त केवल रोबट हुन सक्छ' - एलिजाबेथ गिल्वार्ट आफ्नो एउटा पुस्तकमा लेख्छिन | दुखद वा सुखद घटनामा आँखाबाट आँशु चुहेको अवस्था रुनु हो | एक तथ्यांकका अनुसार महिलाहरु महिनामा औषतमा ५.३ पटक रुन्छन भने पुरुषहरु १.३ पटक मात्रै रुन्छन | त्यसैले, यो अध्यानले नै प्रष्ट गर्छ कि पुरुषहरु भन्दा महिलाहरु बढी रुन्छन | आखिर किन त ?? जान्न उत्सुक हुनुहुन्छ होला ! आउनुहोस केहि जानकारी लिइ हालौ न त | जैविक रुपमा भन्नु पर्दा पुरुषमा महिलामा भन्दा बढी टेस्टोस्टेरोन नामको हार्मोन हुन्छ जसले आँशुलाई दबाइदिन्छ | अर्को तर्फ महिलामा प्रोल्याक्टिन नाम गरेको हार्मोन हुन्छ, जसले बढी आँशु उत्पादन गर्छ | तर, यी २ वटा हार्मोनले मात्र तपाइँ बढी रुने वा नरुने भन्ने बिषयलाई निर्देशित गर्दैन किनकि रुवाईका प्रकारले यसको मात्रालाई बताउछ |



रुवाईका प्रकार !

प्रोटिनयुक्त एन्टी ब्याक्टेरियल तरल पदार्थलाई आँखाको गेडिको बाह्य किनारमा हुने ल्याक्रिमल ग्लानडले छोपेको हुन्छ | जब हामी आँखा झिमिक्क गर्छौ, सो तरल पदार्थ निस्कन्छ र यसले हाम्रो सम्पूर्ण आँखालाई चिप्लो प्रदान गर्छ | यसलाई आधारभूत आशा भनिन्छ र यसको मुख्य काम नै चिप्लो पदार्थ निस्कासन गरेर आँखालाई रक्षा गर्नु हो | एक पटक सोच्नुहोस त प्याज काट्दा किन आँशु आउछ ? आँखामा केहि भएमा प्रतिक्रिया स्वरूप आउने स्वत: आँशु हो यो | यस आँशुले हावा, धुलो, धुँवा, रसायान जस्ता हानीकारक पक्षबाट बचाउछ | आँखामा भएको धुलो र अनावश्यक कुरालाई यस आँशुले आँखाबाट पखाली दिन्छ |

अर्को प्रकारको आँशु निक्कै भावनात्मक किसिमको हुन्छ | यो अवस्थामा आँखाबाट यति धेरै आँशु आउछ कि आँशु नाकको प्वालबाट समेत बाहिर निस्कन्छ | धेरै रुँदा मानिसको नाकबाट पानी चुहिनु पनि यहि कारण हो | गालाबाट नै तपतपी चुहिने आँशु मानिसलाई धेरै चिन्ता, निराशापन, अनि दुखिपनको कारणले गर्दा आउछ | यस्तै, आँशु कुनै बेला हर्षको समयमा पनि आउछ | रुँदाखेरि हार्मोन र न्युरोट्रान्सिमटरले पनि महत्वपुर्ण भूमिका खेलेको हुन्छ |

मायाले तपाईलाइ रुवाउछ !

सेरोटोनिन (मानिसलाई खुशी बनाउने हार्मोन) ले शारीरिक र मनोबैज्ञानिक कार्यलाई प्रभाब पार्छ | मुडलाई सन्तुलन गर्न पनि यसको ठुलो भूमिका हुन्छ | भोक दबाउन तथा हड्डीको घनत्व घटाउन पनि यसले महत्वपुर्ण भूमिका खेलेको हुन्छ | तसर्थ, शरीरमा अत्याधिक मात्रामा सेरोटोनिनले मानिसमा हड्डी कम्जोर हुने गर्छ (यो महिनावारीको समयमा महिलालाइ बढी हुने गर्छ) | सेरोटोनिन उत्पन्न गर्ने ट्राइफन मासिक धर्मको समयमा महिलामा घट्दै जान्छ, जसका कारण डिप्रेसन हुने वा आँशु चुहिने बढी सम्भावना हुन्छ | त्यस्तै, तपाइँ मायामा पर्दा पनि सेरोटोनिन नामको हार्मोनको तह न्यून हुन्छ, जसका कारण तपाई बढी रुने सम्भावना हुन्छ |

विभिन्न चरणमा रुने रुवाई !

सबै शिशुहरू जन्मदा रुने गुण लिएर जन्मन्छन | भर्खर जन्मिएको शिशु जन्मने बित्तिकै रुन्छ तर आँशु औदैना | उनीहरु बिस्तारै बढ्न थालेपछि आँखामा तरल पदार्थ आउन थाल्छ | भोक, निन्द्रा, पिडा, रिस वा सामान्य असजिलो बोध गराउन उनुहरु रुने गर्छन | १० महिनापछी उनीहरुको रुवाई अरु कसैको ध्यान आकर्षण गर्ने खालको हुन्छ | यसलाई फेक टियर्स वा भ्रमपूर्ण आँशु भनिन्छ |

प्रौढ अवस्थामा पुगेपछि टेस्टोस्टेरोन र प्रोल्याकटिन शुरु हुन्छ | यी हार्मोन बिकसित भएपछी महिलाहरु बढी रुन्चे हुन्छन भने पुरुषहरुमा हाँसोको मात्रा ह्वात्तै झर्छ | धेरै हानी हुने कुरा भएमा मात्र पुरुषहरु रुने गर्छन | तर, महिलाहरु भने निराश भए भने पनि आँशु चुहाउछन् | उनीहरु ठुलो स्वरमा धेरै आँशु चुहाएर रुन्छन | बैज्ञानिकहरुका अनुसार पुरुषहरुमा आँशु ग्रन्थी साना र महिलाहरुमा ठुलो हुने गर्छ | सरदर ५० बर्ष पुगेपछि हाम्रो रुवाइको प्रवृतिमा परिबर्तन हुन्छ | हार्मोनको परिबर्तनले यस्तो हुने गर्छ | अर्को तर्फा महिलामा भन्दा पुरुषमा टियर डक्ट (आँशुको खाल्डो) ठुलो हुने भएकोले पुरुषमा भन्दा महिलामा बढी आँशुको प्रबाह हुन्छ |

प्रौढहरुका लागि कति रुनु सामान्य हो !

बालबालिका दिनमा एकदेखि तिन घण्टासम्म रुने गर्छन | यो स्वाभाविक हो तर तिन घण्टा भन्दा बढी रियेमा वा एक सातामा तिन दिन भन्दा बढी रोएमा चिकित्सक कहाँ देखाउनु राम्रो हुन्छ | किनकि त्यो अस्वाभाविक रुवाई मानिन्छ |

त्यस्तै, प्रौढहरु कति रुन्छन अनि कति रुँदा राम्रो/नराम्रो भन्ने कुनै निश्चित समय छैन | यो रुने मानिसको अवस्थामा भर पर्छ | पश्चिमेली समाजमा रुनामा कुनै छेकबार नभए पनि एशियाली मुलुकमा रुनलाई कमजोरीपन बताइन्छ | रुँदाखेरि पिडामुक्त भएपनि रोएको क्षण निश्चय पनि सुखद होइन |

अन्त्यमा, सबै महिलाहरु पुरुष भन्दा बढी रुन्छन भन्ने होइन, कुनै कुनै महिलाहरुको आत्मबल पुरुषहरुको भन्दा पनि धेरै बलियो हुने हुनाले सम्पूर्ण महिलाहरुमा माथि उल्लेख गरिएका कुराहरु लागु हुन्छन भन्ने छैन !!
  

Friday, 27 November 2015

भाग्यमानी व्यक्तिसंग हुने यी छ कुरा, जसले सधै सुखी राख्दछ !!


सुख र दुख आउछ जान्छ, त्यसैले भन्छन नि कुनै पनि मानिस कहिल्यै पनि सुखी वा दुखि भैराख्दैन | यसै प्रसंगलाई लिएर महाभारतमा पनि विदुरले भनेका छन्, - यदि कुनै मानिसको जिबनमा यी छ कुराहरु प्राप्त छन् भने उ कहिल्यै पनि दुखि हुँदैन | यो कुरा महाभारतको उद्योग पर्वमा उल्लेख छ |  यदि कुनै पनि मानिससंग धन, निरोगी शरीर, सुन्दर पत्नी, मिठो बोलीबचनको पत्नी, आज्ञाकारी पुत्र र धन प्राप्त गर्ने बिद्या यी छ कुराहरु छन् भने उ एकदमै भाग्यमानी मानिस कहलिन्छ | यी छ कुराहरुलाई बिस्तृत रुपमा हेरौ:


१. धन: सुखी जीवनको लागि धन सम्पति हुनु आवश्यक छ | बिना धनको न नाम रहन्छ, न मान सम्मान नै मिल्छ | साथै परिवारको पालन पोषण गर्नको पनि धन सम्पतिकै जरुरत पर्छ | आजको समयमा शिक्षा प्राप्त गर्नको लागि पनि धनको जरुरि छ | धन बिना कुनै रोगको उपचार सम्भब छैन | बृद्ध अवस्थामा पनि धनको ठुलो साहारा चाहिन्छ | यसर्थ, मानसम्मान, शिक्षादिक्षा, परिवारको पालन पोषण र रोग लाग्दा उपचारको लागि धनको अति आवश्यक हुन्छ |

२. निरोगी शरीर: जीवनमा सदैब सुखी रहनको लागि शरीर स्वास्थ्य हुन जरुरि छ | यदि शरीरमा कुनै रोग छ भने तपाइँ राम्रोसंग कुनै पनि काम गर्न सक्नु हुन्न | यस्तो अवस्थामा तपाइँ जीवनका हरेक कुराहरुबाट बन्चित हुनुहुन्छ | यदि तपाईमा साना साना रोगहरु छन् भने पनि तपाइँ कुनै काम राम्ररी गर्न सक्नु हुन्न | श्रम नगरी खान पाइदैन | त्यसैले, श्रम गर्नको लागि स्वास्थ्य शरीर हुन अति आवश्यक छ | स्वास्थ्य शरीर नै एक प्रकारको सुखी जीवन हो |

३. सुन्दर पत्नी: महाभारतमा महात्मा विदुरले भनेका छन् - सुन्दर श्रीमती हुनु पनि एक प्रकारको सुख हो | कारण घरमा सुन्दर पत्नी हुनाले तपाइको ध्यान बाहिर भड्किदैन | घरमा श्रीमतीसंग हुने ब्यबहार्बत तनाब मुक्त भएपछी तपाइको बाहिरियासंग सम्बन्ध रहदैन र अनेकौ समस्याबाट बच्न सक्नु हुन्छ | समयमा घरमा आइन्छ | आपसी छलफल र सदब्यबहारबाट नै घर परिवार संचालन हुन सक्छ |

४. मीठो बोल्ने पत्नी: सुन्दर अनि त्यसपछि पनि मिठो बोल्ने श्रीमती पाउनु भनेको सुनमा सुगन्ध हो | यो अर्को सुख हो, जसले नम्रतापुर्बक कुरा गरेर परिवारका हर सदस्यलाई सुख राख्न सक्छिन | यदि नमिठो बोल्ने श्रीमती घरमा छिन भने दिनहुँ घरमा बिबाद भैरहन्छ र घरको बाताबरण आशान्त हुन्छ | यस प्रकार कर्कशा श्रीमती हुनेको घरमा न परिवारले सुख पाउछ न इष्टमित्र आउछन न छरछिमेक संग नै राम्रो सम्बन्ध हुन्छ |

५. आज्ञाकारी पुत्र: वर्तमान समयमा सबै भन्दा ठुलो समस्या सन्तान हो | सन्तान यदि गलत बाटोमा लागे भने यसको दोष बुबा आमालाई पर्न जान्छ | सन्तान विद्वान हुनु भनेको परिवारको सबै भन्दा ठुलो सुख हो | त्यसैले सन्तानको उच्च शिक्षाको लागि बाबु-आमाले आफ्नो भए भरको सम्पति लगाएर विदेश पढ्न पथाउछां | कारण बुढेसकालमा सन्तान एकदमै जरुरि हुन्छ | छोरो साथमा भएर पनि कुलतमा लागेको छ भने त्यो नै सबै भन्दा दुखको कारण बन्दछ, परिवारलाई | तसर्थ, जसको सन्तान आज्ञाकारी छन् उ सुखी हुन्छ | जसको सन्तान मुर्ख छ, कुलतमा लागेको छ भने उ दुखि | त्यसैले महात्मा बिदुर भन्छन - सज्जन सन्तान हुने जो कोहिले पनि दुख कहिल्यै भोग्नु पर्दैन |

६. धन पैदा गर्ने बिद्या: पैसा त आउछ जान्छ यो एक नियम नै हो | कयौं पटक यस्तो पनि देखिएको छ कि कोहि व्यक्ति कुनै दिन धनवान हुन्छ त केहि दिनमै पैसाको लागि तड्पी रहेको हुन्छ | कोहि मानिस आफ्नो भएको पैत्रिक सम्पति अनियन्त्रित रुपले खर्च गर्छन | यस्तो स्थितिबाट बच्नको लागि तपाइसंग यस्तो ग्यान हुनु पर्यो कि जसले भएको धन नष्ट पनि नहोस र काम पनि बनोस | यदि तपाइसंग पैसा छैन तर कला छ भने तपाइँ त्यसप्रकारका कामहरु गर्न सक्नु हुन्छ, जसबाट तपाइँ सम्मानपुर्बक जीवन यापन गर्न सक्नु हुन्छ | श्रोत: रेडियोअडियो !  

Wednesday, 25 November 2015

यी दश किबोर्ड सर्टकर्टको बारेमा थाहा पाइराख्नु भए तपाईलाई कम्प्युटर चलाउन सजिलो हुनेछ !!!

कुनै पनि व्यक्तिले आफ्नो कुनै पनि कामलाई छिट्टो छरितो तवरले कामको शिद्दी चाहान्छ | भनिन्छ, कुनै पनि व्यक्तिले छिट्टो भन्दा छिट्टो काम फत्ते गर्यो भने यो मान्छे त कम्प्युटर जतिकै रहेछ | हो, कम्प्युटर संसारकै सबैभन्दा छिट्टो काम गर्न सक्ने एउटा प्रबिधि हो | तर, यसलाई पनि मान्छेले नै चलाई रहेको हुन्छ |


कसरि त्यो मान्छेले छिट्टो भन्दा छिट्टो काम गर्न सक्छ त कम्प्युटरबाट ?? प्रश्न तपाइँ हामीलाई उठ्नु स्वाभाविक नै हो | कुनै पनि काम छिट्टो भन्दा छिट्टो गर्नाको लागि त्यो वस्तु सम्बन्धि आइडिया हुन जरुरि छ | कम्प्युटरको किबोर्डमा धेरै भन्दा धेरै प्रकारका सर्टकटहरु उपलब्ध छन् | ती सर्टकटहरु प्रयोग गरेर हामीले सोचे भन्दा केहि छिट्टो नै आफ्नो काम फत्ते गर्न सक्छौ कम्प्युटरबाट | हामी यहाँ १० वटा अति उपयोगी कम्प्युटरका सर्टकटहरुको बारेमा जानकारी दिइरहेका छौ |

१. Ctrl + C or Ctrl + Insert And Ctrl + X:  दुबै Ctrl + C अथवा Ctrl + Insert हाइलाइट गरेको बाक्य वा सेनटेन्सलाइ कपि गर्नाको लागि यो सर्टकट प्रयोग गर्न सक्नु हुनेछ | अथवा तपाइले लेख्नु भएको कुनै पनि बाक्यलाई त्यहाँबाट हटाउन चाहानु हुन्छ भने तपाइँ Ctrl + X लाइ प्रयोग गर्न सक्नु हुनेछ |

२. Ctrl + V or Shift + Insert:  यदि तपाइले कहिँ कतैबाट Ctrl + C गर्नु भएर अरु त्यो बाक्य अन्त सर्न चाहनु हुन्छ भने यो सर्टकट प्रयोग गर्नुहोस | Ctrl + V वा Shift + Insert को काम कपि गरेको बाक्यलाई पेस्ट गर्ने हो | तपाइँ दुइटामा कुनै पनि एउटालाई पेस्टको लागि प्रयोग गर्न सक्नु हुनेछ |

३. Ctrl + Z and Ctrl + Y:  यदि तपाइको स्टाटसमा  गल्ति भयो अथवा तपाइँ पहिलेकै अवस्थामा जान चाहनु हुन्छ भने तपाइँ Ctrl + Z प्रयोग गर्न सक्नु हुनेछ | यसलाई Undo भनिन्छ | जस्तै: मैले कुनै पनि स्टाटसलाइ Ctrl + X गरे भने त्यो हराउन जान्छ तर फेरी मलाइ त्यहि सामग्री चाहिएमा Ctrl + Z गर्दा त्यो सामग्री फेरी वापस त्यहि पाउनु हुनेछ | त्यस्तै, Ctrl + Y ले ठिक यसको बिपरित काम गर्नेछ तर यसले पहिलेको स्थितिमा पुर्याई दिन्छ | यसलाई Redo भनिन्छ |

४. Ctrl + F: यो सर्टकट प्रयोग गरेर तपाइँले कुनै पनि प्रोग्राम खोज्न सक्नु हुनेछ अथवा तपाइले यो सर्टकट प्रयोग गरेर सर्च इन्जिन तुरुन्त पाउनु हुनेछ जहाँबाट तपाइले चाहेको कुनै पनि सामग्री तुरुन्त टाइप गरि खोज्न सक्नु हुनेछ |

५. Alt + Tab or Ctrl + Tab: यो Alt + Tab अथवा  Ctrl + Tab को काम एउटा हो | तपाइले धेरै ब्राउजरहरु खोलिरहनु भएको छ भने एक देखि अर्को ब्राउजरमा जानको लागि यो सर्टकट प्रोयोग गर्न सकिन्छ | जस्तै: एउटा ब्राउजरमा तपाइले फेसबुक, ब्लग, गुगल आदि खोलिरख्नु भएको छ भने तपाइले त्यहाँ क्लिक गरि राख्नु पर्दैन, सिधै यो सर्टकट प्रयोग गर्दा तपाइले चाहनु भएको ट्याबमा जान सक्नु हुनेछ |

६. Ctrl + Back space And Ctrl + Left or Right Arrow: यो Ctrl + Back space, तपाइले लेख्नु भएको कुनै पनि सामग्री छिट्टो भन्दा छिट्टो मेटाउन चाहनु हुन्छ भने यो सर्टकट प्रयोग गर्नु होला | यसले शिबाय एउटा अक्षर सबै डिलिट गरिदिन्छ | त्यस्तै, Ctrl + Left and right Arrow ले शब्द शब्दको ग्यापमा सार्ने काम गर्दछ | यसलाई तपाइले एक एक शब्द हाइलाइट गर्न प्रयोग गर्न सक्नु हुनेछ | तपाइले कुनै पनि एउटा शब्दलाई मात्रै हाइलाइट गर्न चाहनु भएको छ भने Ctrl + Left or right arrow + Shift गर्नुहोस |

७. Ctrl + S: तपाइले लेख्नु भएको स्टाटस वा कुनै पनि सामग्रीलाइ सेभ गर्नाको लागि यो सर्टकट प्रयोग गर्नु होस् | जति तपाइँ लेख्दै जानु हुन्छ त्यति नै Ctrl + S गर्दै जानु भयो भने तपाइको अहिले सम्म गरेको मेहनेत खेर जादैन | थाहा छदैछ, हाम्रो नेपालमा कुन बेला बिजुली जान्छ पत्तै हुँदैन | त्यसैले तपाइले लेखि सक्नु भएको सामग्री बिजुली नै गए पनि सेभ भएर बस्ने छ |

८.   Ctrl + Home Or Ctrl + End: यो सर्टकट खास गरि कागजपत्रको लागि अतिउपयोगी छ साथै वेब पेजहरुमा पनि प्रयोग गर्न सकिन्छ | तपाइले लेख्दै जाँदा यदि सुरुको पानामा आउनु पर्यो भने तपाइले Ctrl + Home  प्रयोग गर्न सक्नु हुन्छ त्यस्तै सुरुबाट अन्तिम पेजमा जानु पर्यो भने Ctrl + End प्रयोग गर्नुहोस् |

९. Ctrl + P: यो सर्टकट प्रिन्ट प्रिभ्यु पेजको लागि प्रयोग गरिन्छ | तपाइले बनाइ राख्नु भएको फाइल प्रिन्ट गर्दा कस्तो आउछ भनेर टेस्ट गर्न यो Ctrl + P प्रयोग गर्न सक्नु हुनेछ |

१०. Page Up, Space Bar And Page Down: यदि तपाइले लेख्नु भएको सामग्री धेरै पेजको छ भने Page Up, Space Bar र Page Down Space Bar प्रायो गरि तपाइले चाहनु भएको पेजमा जान सक्नु हुनेछ |

Friday, 6 November 2015

नेपालको झण्डाको बिशेषता !!




नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुइ मात्र चारकुने आकार नभएको सरकारी झन्डामध्येको एक हो | ( अर्को झण्डा चाही संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो ) नेपालको झण्डा दुइ त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ |  नेपालको राष्ट्रिय झण्डा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो र दुइ मात्र चारकुने आकार नभएको सरकारी झन्डामध्येको एक हो | ( अर्को झण्डा चाही संयुक्त राज्य अमेरिकाको ओहायो राज्यको हो ) नेपालको झण्डा दुइ त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ | माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लो त्रिकोणमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहिरहने कुरालाई जनाउछ | निलो किनारा शान्तिको प्रतिक हो भने सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो |