नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र परदेशी धरानको गणेश टाकिजमा भोलि शुक्रबारदेखि प्रदर्शनमा आउने भएको छ | इन्डियन आइडल प्रशान्त तामांगद्वारा अभिनित सुपरहिट फ्लिम गोर्खा [पल्टन पछी सोहि टीमले यो चलचित्र पनि निर्माण गरेको हो | कार्तिक तिन गतेबाट देशका विभिन्न ठाउहरुमा प्रदर्शन भैरहेको परदेशी करिब ८० लाख रुपैयाको लगानीमा निर्माण भएको हो | आजसम्म यो चलचित्रले २ करोडको हाराहारीमा ब्यापार गरिसकेको परदेशी चलचित्रका टीमले जानकारी गराएका छन् | हालसम्ममा नेपालका 65 वटा हलहरुमा यो चलचित्र प्रदर्शन निर्माता राजेश वंशलले बताए |
निर्देशक नारायण रायमाझी, निर्माता राजेश वंशल र अभिनेता प्रशान्त तामांग तिनैजनाको संलग्नतामा परदेशी चलचित्र निर्माण भएको हो | धरानमा पत्रकार भेटघाटमा गायक एबम नायक प्रशान्त तामांग, निर्माता राजेश वंशल लगायतको टीमले सो चलचित्रको बारेमा जानकारी गराए | चलचित्रका निर्माता वंशलले भने- नेपाली समाजको वास्तविक कथालाई चलचित्रमा उतार्ने प्रयास गरेका छौ | हरेक नेपाली घरबाट रोजगारका लागि विदेश जानु पर्ने पिडा फ्लिममा पोखिएको छ | रोजगारको लागि खाडीमा गएका कामदारको जिबंबत प्रभावित छ यो चलचित्र |
उनका अनुसार प्रशान्त तामांग बाहेक रजनी केसी, केशब भट्टराई, सुशील पोख्रेल, रामचन्द्र कोइराला, हिउवाला गौतम, नरेन खड्का, जयश अग्रवाल र स्वीकृति जिसी लगायतले फिल्ममा अभिनय गरेका छन् | फिल्मको ४५ दिने सुटिंग कतार र नेपालको पाल्पा तथा रामपुरमा भएको थियो | निर्माता वंशलका अनुसार 'तिन बर्ष लगाएर फिल्म तयार गरिएको छ | मौलिक कथामा निर्माण भएको नेपाली फिल्मको संख्या न्युन छ | फिल्म बनाउदा भाषा, सस्कृति र समाजको यथार्थलाई प्रस्तुत गर्नु पर्छ, यहि कारण यो फिल्म हेर्नु पर्ने सुचिमा परेको हो' | गायक एबम नायक तामांगले भने - विदेशिनुको पिडा र रोजगारको क्रममा पाएको मानसिक र शारीरिक यातना माथि फिल्म तयार भएकोले दर्शकहरुले मन पराउनेमा म ढुक्क छु |
बीबी अनुरागी र नारायण रायमाझीको संगीत रहेको फिल्ममा उषा मगर, प्रशान्त तामांग र मिलन आमात्य लगाएतले स्वर दिएका छन् | मुभिज डटकमको ब्यानरमा तयार फिल्मलाई निर्देशक रायमाझी र रमेश डीजीले लेखेका हुन् |

0 comments:
Post a Comment